दैनिक दुई सय भारतबाट भित्रिने कुखुरा नष्ट


नेपालगन्ज : बाँकेमा दिनहु दुई सयका दरले भारतबाट भित्रिने गरेका कुखुराहरु नष्ट हुने गरेको पाइएको छ । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले आज सुरक्षा निकाय लगाएतका सरोकारवालासगं गरेको अन्तरक्रियामा दिनहुँ अवैध रुपमा लुकाई छिपाई ल्याइएको कुखुराहरुलाई नष्ट गरिने र भित्राउने व्यक्तिलाई आवश्यक कार्वाही पनि गरिदै आइएको जनाइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागिलाई जानकारी गराउदै क्वारेन्टाइन कार्यालयका प्रमुख डा. भक्त निउरेले दिनहुँ खुला सिमानाका कारण अबैध रुपमा पक्षि तथा पक्षिजन्य बस्तु भित्रिदा रोगहरुपनि त्यस सगै भित्रिरहेको उल्लेख गर्नुभयो । उहाँले यस आर्थिक वर्षमा अबैध रुपमा भित्राइएकालाई गरेको कारबाहि स्वरुप ८ लाख ५० हजार बढि जरिवाना समेत असुल गरिएको जनाकारी दिनुभयो । डा.निउरेले सिमा क्षेत्रका गाउँ बस्तिमा थप निगरानि बढाउन आवश्यक रहेको भन्दै शुरक्षाकर्मिलाई सक्रियता निभाउन आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय कन्चनपुरका प्रमुख बरिष्ठ पशु चिकित्सक विनय कुमार कर्णले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सहरोकारवालाहरुले आफ्नो जिग्यासा राखेका थिए । कर्णले कार्यपत्र प्रस्तुत गर्दै अबैध रुपमा भित्रिने पशुपक्षिलाई रोक्न जोडतोडका साथ लाग्न शुरक्षाकर्मिलाई आग्रह समेत गर्नुभयो । सहभागिले बोल्ने क्रममा पशु व्यवसायि मो.अहमदले भारतिय कुखुरालाई नेपाली कुखुरा प्रमाणित गर्ने काममा केहि लाइसेन्स भएकाहरु लागेको भन्दै त्यस तर्फ सम्बधहरुको ध्यान जान पर्नेमा जोड दिनुभयो ।

कुखुरा व्यवसायि लाल बहादुर खत्रिले भारतबाट दिनहुँ कुखुरा भित्रिदा नेपालमा रहेका किसानहरुलाई ठुलो मार पुगेको बताउनुभयो । अगुवा किसान खत्रिले बाँकेमा ६० देखि ७० प्रतिशत सम्म भारतबाट भित्रिएका कुखुराको मासु उपभोत्ताले खान बाध्य रहेको उल्लेख गर्नुभयो । भारतिय कुखुरालाई लुकाई छिपाई भित्राउन सत्रियता निभाउने व्यवसायिलाई निरुसाहित गर्ने गरी कार्वाहि नगर्दा सम्म समस्या समाधान नहुने किसान खत्रिको भनाई छ ।

नेपालका किसानहरु कुखुरा पालनबाट विस्तारै पलाएन हुन मुख्य भुमिका भारतिय कुरा भित्रनु रहेको किसानहरुले गुनासो गरेका छन । किसान सिक्काउने काम भारतिय कुखुराले गरेकाले यस विषयमा किसानको हित सम्झदै थप निगरानी बढाउन शुरक्षा निकायलाई किसानहरुले आग्रह गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके, कुखुरा विकास फार्म खजुरा, बाणिज्य कार्यालय, स्थानिय तहमा रहेका पशुसेवा शाखाका कर्मचारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *