महासंघ बाँकेमा भण्डारी प्यानल बिजयी


नेपालगञ्ज :नेपाल पत्रकार महासंघ बाँके शाखाको अध्यक्ष दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनको शुक्रबार बिहान आएको मतपरिणाम अनुसार लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट अध्यक्षमा उठनुभएका दामोदर भण्डारीसहितको प्यानल बिजयी भएको हो ।

भण्डारीले निकटम प्रतिद्धन्दी साझा प्यानलका उम्मेदवार डक्ट प्रसाद धिताललाई १८ मतले पराजित गर्नुभएको हो । जम्मा खसेको मतमध्ये भण्डारीले १ सय ५७ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्धन्दी धितालले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव कोईरालाले जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा संगीन शर्मा, महिला उपाध्यक्ष करुणा शाह बिजयी हुनुभएको छ । उपाध्यद्धय शर्मा र शाहले प्रतिद्धन्दी सकिल अहमद कादरीलाई ४८ र शाहले प्रतिद्धन्दी रेजिना मल्ललाई १० मतान्तरले पराजित गर्नुभएको हो । शर्माले १ सय ६६ मत, कादरीले ११८ मत तथा शाहले १४९ मत र मल्लले १३९ मत प्राप्त गर्नुभएको थियो ।

महासंघको सचिवमा भने साझा प्यानलबाट सचिवका उम्मेदवार कमल डांगी बिजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका उम्मेदवार क्षेत्रनाथ देवकोटालाई १६ मतले पराजित गर्नुभएको हो । डाँगीले १ सय ५१ मत र देवकोटाले १ सय ३५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै दलित महिला सदस्यमा साझा प्यानलका उम्मेदवार पबित्रा परियारले लोकतान्त्रिक प्यानलका काली बहादुर परियारलाई १० मतले पराजित गर्नुभएको छ । पबित्राले १४२ र कालीले १३२ मत प्राप्त गनुभएको थियो ।

नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा डक्टप्रसाद धिताल निर्वाचनमा होमिनुभएको थियो ।

बुधबार भएको निर्वाचनमा झन्डै ९६ प्रतिशत मत खसेको थियो । निर्वाचन अधिकृत केशव कोइरालाका अनुसार कूल मतदाता ३२३ रहेकोमा २ सय ९६ मत खसेको थियो । यस्तै महासंघको केन्द्रको नेतृत्व र प्रदेशको नेतृत्वका लागि पनि बाँकेबाट अत्याधिक मत पाएर बिजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *