राजावादीको आन्दोलन रोक्न दुई महिनासम्म अनशन, धर्ना, जुलुस गर्न निषेध


राजतन्त्र समर्थकको आन्दोलनचर्कंदै गएपछि सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अनशन, धर्ना, घेराउ, जुलुस‚ सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ।

जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सिफल‚ बल्खु र कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको हो।

नारायणहिटी क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने प्रयास गरेका थिए। शनिवार र आइतवार प्रदर्शनकारी बालुवाटार घेर्न जान खोज्दा भिडन्त भएको थियो। प्रहरीले राप्रपा नेपालका नेता कमल थापा‚ सांसद दीपक सिंह लगायतका नेतालाई  पक्राउ गरेको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजै उक्त आदेश जारी गरेका हुन्।   सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएको बताउँदै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भोलिदेखि २ महिनासम्मका लागि सरकारले निषेध गरेको आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *