आरोहण क्षेत्रलाइ सुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण क्षेत्रलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

म्याग्दीको ‌अन्नपूर्ण गाउँपालिकाले सोही पालिकाको नारच्याङमा आयोजना गरेको अन्नपूर्ण आरोहणको हीरक महोत्सव लाइ म‌गलवार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

अन्नपूर्णलगायत अन्य हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष तथा आवश्यक जनशक्ति  र आरोहण मार्गमा आवश्यक पूर्वाधारहरु तयार पारेका कारण हिमाल आरोहण गर्नेको सङ्ख्या पछिल्लो समय बढिरहेको बताएका छन ।

उनले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बँताउदै त्यसका लागी कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको उल्लेख गरे । पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको प्रचुर सम्भावनाको ढोका उघारिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको उच्च योगदानको प्रशंसा गरे ।

म्याग्दी अन्नपुर्ण गाँउपलिकामा अवस्थित अन्नपुर्ण हिमालको सन् १९५० जुन ३ मा पहिलो पटक सफलता पुर्वक आरोही मौरिस हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्व सामु चिनाउन योगदान पुर्याएको छ ।

हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा लगायत पर्यटनकर्मि हरुको उपस्थित रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *