किन सेलायो त खजुरा काण्ड ?


खजुरा : केही दिन यता तातिएको खजुरा क्रमश: सेलाउँदै गएको छ । गत शुक्रबार खजुरा गाउँ पालिकाका कर्मचारीहरु टीकापुर वनभोजका लागि गए पछि निम्तिएको विवाद अन्ततः मिलन बिन्दुमा पुगी टुंगिएको छ ।

दोषी भनिने कर्मचारीले सार्वजानिक रुपमा माफी मागेपछि विवाद टुंगिएको हो । विवादका क्रममा हुन् पुगेको कुटपिट तथा गाली बेजेतिका कुरा पनि सम्बन्धित घटना सँग जोडिएकोले आत्मसात गरेर विवादलाई टुंगोमा पुराइएको खजुरा गाउँ पालिकाका एक कर्मचारीले बताए ।

माफी मागिसके पछि पनि युवाहरुलाई योजना नपाएको न्यूउमा कुटपिट सम्म गरेको आरोप स्थानिय सञ्चारमाध्यमा आएपछि युवाहरु रिसाएका थिए । शुक्रवार पालिकामा युवा र कर्मचारी जनप्रतिनिधि बीच बसेको बैठकमा युवाले योजना नपाएर कार्यालयमा गरेको दुर्व्यवहारको कुरा सत्य नभएको स्वयम कर्मचारीले स्वीकार गरेको गाँउ पालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *