प्रतिनिधिसभा बैठक बिहिबार एक बजे बस्ने


प्रतिनिधिसभाको बैठक बिहिबार दिउँसो १ बजेसम्मका लागि सरेको छ। बुधबार दिउँसाे १ बजेका लागि बोलाइएको बैठक आजै ३:१५ मा बस्ने गरी सारिएको थियो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न दिएका छैनन्। उनीहरूसँग सभामुख देवराज घिमिरेले छलफल गर्दा बैठकको समय धकेलिएको थियो। 

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफल भए पनि सहमति जुटेकाे छैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *