तत्काल वाम एकता होला भन्ने विश्वास छैन : पूर्वराष्ट्रपति भण्डारी


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुनेमा आफूलाई विश्वास नरहेको बताएकी छन्।

मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको स्पष्ट पारिन्। उनले पार्टी–पार्टीहरू बीच विश्वासको ठूलो सङ्कट देखिएको तर्क गरिन्।

यसैगरी उनले मुलुकमा पार्टीहरूभित्रै पनि विश्वासको सङ्कट देखिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकतासाथ अघि बढे राष्ट्रको भलो हुने बताइन्।

भण्डारीले भनिन्‚ “आखिर वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन। त्यसैले म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त छैन। विश्वासको ठूलो सङ्कट छ पार्टी–पार्टीहरूको बीचमा। जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट छ।”

उनले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै कुनै गुटगत राजनीति समेत नगरेको स्पष्ट पारिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *