नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्।
माओवादी केन्द्र दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुईबुँदे सम्झौता भएपछि संसद् खुलेको बताए।
उनले त्यसबारेमा विभिन्न प्रतिक्रिया आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए। तर उक्त मुद्दालाई माओवादीले नछोड्ने स्पष्ट पारे।
श्रेष्ठले भने, ‘पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन। मैले छलफल गरेर निष्कर्षमा नपुगी केही भन्न सक्दिनँ। हामीले यो मुद्दा छोड्दैनौँ। भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ। हामी छोड्दैनौँ। भ्रष्टाचारविरुद्धको अभियान जारी राख्छौँ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान जारी राख्ने बताए।
