प्रतिनिधिसभाको बैठक आइतवार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
रास्वपा र राप्रपाको विरोधकै बीच आज प्रतिनिधिसभा चलेको थियो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले असार १ गते आइतवार विहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा स्थगित गरिएको जानकारी गराए।
सत्ताको नेतृत्व गर्ने दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन २ बुँदे सहमति भएपछि आज राप्रपा र रास्वपाले मात्रै उठेर विरोध जनाएका थिए।
