कर्णाली प्रदेश सरकारकाे बजेट ३२ अर्व ९९ करोड ।


कर्णाली प्रदेश सरकारले ३२ अर्व ९९ करोड बजेट विनियोजन गरेको छ । चालु र पुँजीगत खर्च तर्फ उत्त बजेट विनियोजन गरिएको हाे । संवैधानिक व्यवस्था बमोजिम हरेक असार १ गते बजेट प्रदेश सभामा पेश गर्नुपर्ने छ । साेहि कानुनि व्यवस्थामा टेकेर रातिकाे १२ बजे अगावै कर्णाली प्रदेश सरकारले सभामा बजेट गरेकाे हाे ।आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले अघिल्लो आवकाे तुलनामा ५ प्रतिशतले बजेटमा वृद्धि गरिएको बजेट वक्तव्यमा उल्लेख गरेका छन ।

प्रतिपक्षले याेजना बैंक मा आएको याेजनाहरू सार्वजनिक गर्नुपर्ने जिल्ला बाट सिफारिस भएर आएका याेजना समाबेश गर्नुपर्ने अडान कायमै राखेपछि ताेकिएकाे समय भन्दा झन्डै ८ घण्टा ढिलो गरि सभा सञ्चालन भएको प्रदेशसभा सचिवालयले बताएको हाे ।

कर्णालि प्रदेश सँगै आइतबार ७ वटै प्रदेश सरकारले सभामा बजेट पेश गरेका छन ।पेश भएको बजेट मध्ये सबैभन्दा ठुलो बजेट आकार वाग्मती प्रदेशकाे रहेकाे छ भने सबैभन्दा सानो आकारको बजेट गण्डकी प्रदेश सरकारकाे रहेको छ ।

हेराै कुन प्रदेशमा बजेट कति ?
लुम्बिनी प्रदेश : ३८ अर्व ९१ करोड ।
मधेस प्रदेश : ४६ अर्व ५८ करोड ।
गण्डकी प्रदेश : ३१ अर्व ९७ करोड ।
काेशि प्रदेश : ३५ अर्व ८७ करोड ९९ लाख।
सुदूरपश्चिम प्रदेश : ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार ।
बागमती प्रदेश :६७ अर्व ४७ करोड ।
कर्णाली प्रदेश : ३२ अर्व ९९ करोड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *