वीरेन्द्रनगरमा ४ अर्ब ३८ करोडको बजेट, उपमहानगर बनाउने लक्ष्य


वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उपमहानगर बनाउने दृढता व्यक्त गरे ।

उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । प्रस्तुत बजेटमा पूँजीगत खर्च २ अर्ब ७८ करोड ८४ लाख र चालू खर्च १ अर्ब ५९ करोड ४२ लाख रहेको छ । नगरपालिकाले कर सुधार र आन्तरिक स्रोत विस्तार गरी कुल ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको छ । विभिन्न किसिमका कर संकलनलाई प्रभावकारी बनाउन वडास्तरमै सहकार्य गर्ने नीति लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *