आमसञ्चार विधेयक २०८२ प्रदेशसभा पेशका लागी स्वीकृति भएकाे छ। कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाइ बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो ।
लामाे समय देखी छलफलमा रहेकाे आमसञ्चार विधेयक मन्त्रिपरिषद् बैठककाे निर्णय सगै अब भने प्रदेश सभामा टेवल हुने छ । याे विधेयक प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले जनाएकाे छ ।
यस्तै, बैठकले कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहने गरी प्रदेश बन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठलाइ ताेकेको छ ।
त्यसैगरी बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा कृष्ण खराललाई खटाउने निर्णय गरेको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे वार्षिक कार्यक्रम अन्तर्गत खर्च शीर्षक नं. ३७२११ को कार्यान्वयनका लागि संकेत नं. ७.२.७.१ अनुसारको रकम स्थानीय तहमा निकासा दिन अख्तियारी पठाउने निर्णय गरेको मन्त्रिपरिषद्ले बताएकाे छ ।
