मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको छ : शंकर पोखरेल


काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेल मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताएका छन् । उनले नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि त्यसले परिवर्तन ल्याउन नसकेको बताए ।

‘हामी क्रान्तिका हिसाबले त गर्व गर्छौं, दुनियाँमा हरेक क्रान्तिका पछाडि परिवर्तन हुने गर्छ, तर नेपालमा हामीले तीन–तीन वटा क्रान्ति गर्दा पनि युगलाई बदल्न सकेका छैनौं, किन भन्दा खेरि हामीले उत्तर दिन सकेनौं भने हामी क्रान्तिका नायक त हुन सक्छौँ, तर निर्माणका नायक हुन सक्दैनौँ,’ नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘यो मुलुकमा जनताले निर्माण खोजेको छ, समृद्धि खोजेको छ, क्रान्तिमात्रै होइन, परिवर्तन खोजेको छ भन्ने यथार्थतालाई हामीले आत्मासात गर्न सक्नुपर्छ ।’

उनले राजनीतिक दलहरूले जनताको मनमा गुज्रिरहेका प्रश्नहरूमाथि गम्भीर भएर चिन्तन गर्नुपर्ने बताए । ‘हामी ००७ सालदेखि सधैँ अधिकारको खोजीमा छौं, अधिकारका मामिलामा हामी सधैँ च्याम्पियन बन्यौँ, तर कर्तव्यका मामिलामा, राष्ट्रको विकास र समृद्धिका मामिलामा हामीले कुन रुपमा पूरा सक्यौँ, सकेनौँ भनेर मनन गर्ने बेला भएको छ, हाम्रा राष्ट्रिय महाधिवेशनहरूमा यी विषय छलफलको विषय बन्न सक्नुपर्छ,’ उनले भने ।

महासचिव पोखरेलले माओवादी आन्दोलनमा प्रशासनले दमन गर्दा आफूहरू त्यस त्यसको विरुद्धमा अभियानका रहेको स्मरण गरे । उनले बामपन्थी आन्दोलन सही दिशामा हिंडिरहेको छ भन्ने प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *