शनिवार साँझदेखि अति भारीसम्म वर्षा


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने जानकारी गराएको छ।

शुक्रवार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै उसले असार १४ गते शनिवार साँझदेखि २०८२ असार १६ सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको तथा अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।

जसका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने हुँदा आवश्यक तयारी गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *