दुई संसदीय समितिको बैठक बस्दै


सङ्घीय संसद्अन्तर्गत मंगलबार दुई संसदीय समितिको बैठक बस्दैछ।

विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। बैठक बिहान ९ बजे बस्नेछ।

बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुनेछ। बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *