कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन प्रतिवेदन सहजिकरण समिति गठन गरिएकाे छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका शासकिय सुधार महाशाखा सचिव लक्ष्मीकुमार विककाे संयोजकत्वमा ४ सदस्यीय सहजिकरण समिति गठन गर्ने निर्णय गरेको हाे ।
उत्त समितिकाे सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव वीरेन्द्र केसी , आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव रबिलाल शर्मा र साेहि कार्यालयका उपसचिव विधाप्रसाद उपाध्याय रहेको मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ।
समितिले कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्च स्तरिय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदनलाई कार्यान्वयन एवम् सहजीकरण गर्न आवश्यक सुझाव सहित प्रतिवेदन तयार गर्ने बताईएकाे छ। उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाइटबाट हेर्न सकिने कार्यालयले बताएको छ।
प्रदेश स्थापना पछि पहिलोपटक २०७६ मा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिए पनि प्रदेश कानुन बनेपछि कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन प्रतिवेदन तयार गरिएको भने पहिलोपटक हाे ।
