वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्ष शाहीको मृत्यु ।


सुर्खेत :  कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ ।

काठमाडौँ स्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए । आज बिहान साढे ११ बजेतिर शाहीको मृत्यु भएको आचार्यकाे भनाइ छ।

उनका अनुसार भोलि बिहान ९ बजे भेरी सुर्खेत नदिमा शाहीको दाहसंस्कार गरिने छ भने वीरेन्द्रनगर नगरपालिकाले समेत बुधवार शोक बिदा दिईने छ ।समाजसेवी तथा तथा राजनीतिक कर्मि शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अघिल्लो पटक पराजित भएका शाही यसपटक पनि पुरै कार्यकाल नसकिएकाेले उनका वडा प्रतिकाे काम गर्ने सपना अधुरै रहेको वडा बासिहरू बताउँछन् । विगत १० महिनादेखि बिरामी परेका शाहीको निधनबाट नगरवासि मात्र नभई सिंगो एमाले पार्टीलाई क्षति पुगेको नेकपा एमाले वीरेन्द्रनगर कमिटी ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *