“काेदाे दिवस” आश्रममा मनाईयाे ।


सुर्खेत । कर्णालि प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज प्रथम कोदो दिवस मानव आश्रममा मनाएको छ । नेपाल सरकारले श्रावण १६ लाई काेदाे दिवस मनाउने घाेषणा गरेअनुरूप ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मुल नाराका साथ मन्त्रालयले पनि आज प्रथम काेदो दिवस मनाएको हो ।

मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममलाई कागुनो २० किलो, कोदोको पिठो ५० किलो, दूध ५० लिटर, चिनी १० किलो, आलु एक सय किलो, खीर मसला, बन्दा काँक्रा गरेर जम्मा २८ हजार ६ सय रुपैयाँ बराबरको सामान मातहत कार्यालय प्रमुखहरूकाे उपस्थितिमा आश्रममै पुगेर हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा बाेल्दै मन्त्रालय सचिव परशुराम रावतले कर्णाली प्रदेशकाे हावापानी अन्नबाली मध्ये काेदाे खेतीका लागि उपयुक्त रहेको बताएका छन ।

उनले हिजो गरिबीको घरमा मात्रै पाक्ने काेदाे आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ब्रान्डिङ भइरहेकाे समयमा शहर केन्द्रित बसाइँसराइ बैदेशिक राेजगार लगायतका कारण गाउँघरमा काम गर्ने जनशक्ति अभावले गर्दा काेदाे बालि नै लाेपाेन्मुख हुनु दुखद पक्ष रहेकोले यसलाई दिगो बनाई उत्पादकत्व वृद्धि ल्याउन सबैको साझा कर्तब्य रहेको उल्लेख गरे ।

उनका अनुसार कर्णाली प्रदेशको हुम्ला र मुगु जिल्लामा कोदो जन्य बालि प्रथम खाद्य बाली र जुम्लामा दोस्रो खाद्य बालीको रुपमा रहेको छ भने कर्णाली प्रदेशका रैथाने बालिहरू लाई दिगोपना बनाउन संरक्षण प्रर्बद्वन गर्न संघीय र प्रदेश मन्त्रालयका प्रांगारिक खेति सम्बन्धि कार्यक्रम हरु रहेका छन । प्रदेशकै १० वटै जिल्ला हरुमा कृषि विकास कार्यालय र स्थानीय तह र साझेदार संस्थाहरु संगको समन्यव र र सहकार्यमा कार्यक्रम संचालन हुदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *