सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा


नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन्।

अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धीको विधेयकमाथिको छलफलमा उनले देखाउनका लागि बनाइएका कोषहरूको अर्थ नरहेको बताएका हुन्। उनले वैकल्पिक वित्त कोष पनि त्यसैको नमूना हुनसक्ने जोखिम रहेको बताए। सांसद थापाले वैकल्पिक पुँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताए। 

सांसद थापाले स्रोतको खोजी गर्दा बढीमा कतिसम्मको खोजी गरिरहेका छौं भन्नेमा पनि कानून बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *