बाँकेमा शुक्रबार १९९ जनामा कोरोना पुष्टि



नेपालगन्ज : शुक्रबार बाकेमा करिब दुई सय जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा ४५ जनाको स्वाब परिक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।

उता भेरी अस्पताल नेपालगन्जको परिक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ भने बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा समेत गरेर १९९ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलिले जनाएका छन् । बिगत १ बर्षमा एकै दिन धेरै कोरोना संक्रमित पहिचान भएको यो नै पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *