महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान तथा चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले २४ वटा हराएका मोटरसाइकल र स्कूटर काठमाडौं उपत्यकाबाट फेला पारी सवारी धनीहरुलाई बुझाएको बताउनुभयो ।
उहाँले मनोबल उच्च बनाउनका लागि घुस फिर्ता गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको पनि बताउनुभयो ।प्रमुख भट्टराईले प्रहरी कर्मचारीहरुलार्य आफ्नो आचरण र व्यवहारमा शुद्धता ल्याउन र परिवर्तन गर्न उत्प्रेरित गराउनका लागि गरिएको कार्यक्रम भएको बताउनुभयो ।
उहाँले आर्थिक प्रलोभनमा पार्न खोज्नेहरुलाई कानूनि कारबाहीमा ल्याउनुपर्ने कुराको विकास गरिरहेको भन्दै यसले समाजमा एक किसिमको राम्रो सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

