मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय।


मध्यपश्चिम विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माणको फ्रेमवर्क तयार गर्ने निर्णय भएको छ।

विश्वविद्यालयको पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठकले सोमवार विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य पूरा गर्नुका साथै वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माण गर्ने गरी फ्रेमवर्क तयार पार्ने निर्णय गरेको हो ।


बिश्वबिध्यालयका निर्देशक एव पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काले बैठकलाई सम्बोधन गर्दै बिश्वबिध्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधार्न योजना निर्माण अपरिहार्य रहेको र यसले आगामी दिनमा बिश्वबिध्यालय लाई स्पष्ट कार्यदिशा दिन ठुलो सहयोग पुग्ने बताएका थिए ।बैठकको अध्यक्षता समेत गरेका डाक्टर खड्काले बैठकमा उठेका विषयहरु उपर समष्टिगत रुपमा बिश्लेषणात्मक दिशानिर्देश गरेका थिए ।
बैठकमा विज्ञ सदस्यको हैसियतमा योजना विकास तथा अनुगमन निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालले विगतमा भएका प्रयासको समीक्षा सहित भावी योजनाबारे सघाउ पुग्ने गरी आफनो धारणा राखेको बिश्वबिधालय परिवारले जनाएको छ ।


त्यस्तै बैठकमा सहभागी समितिका सदस्यहरु कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य एवम् उपप्रा. ऋषि खनाल, उपप्रा. डा. रेशमबहादुर विष्ट, उपप्रा. डा. प्रेमकुमारी ढकाल, उपप्रा. डा. अनुप बस्नेत क्षेत्री, उपप्रा. ललितजंग शाही, उपप्रा. कमलराज लम्साल र उपप्रा. अनिल गुरुङले आ-आफ्नो विशेषज्ञताको क्षेत्रका आधारमा राय प्रस्तुत गर्दै विश्वविद्यालयको समग्र योजना निर्माणमा जुट्न आफुहरू प्रतिबध्द रहेको बताउदै योजना निर्माणमा पुर्ण सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको बताईएको छ।

त्यस्तै योजना निर्माणका सन्दर्भमा सदस्यहरुबाट बैठकमा प्राप्त पृष्ठपोषण टिपोट गरी बिश्वबिध्यालयका प्रशासनिक अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत रचना विष्टले यसलाई निर्णयार्थ पेश गरेको बैठकका सहभागीले जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *