तीन तहकै सरकारबीच समन्वय गर्न आवश्यक : मुख्यमन्त्री कँडेल ।



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन समन्वयको आवश्यक रहेको बताएका छन । विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो सहज गराउन तीन तहको सरकारको सहकार्य र समन्वयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन ।

आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ र प्रदेशले नीति तथा योजना तय गर्ने र कार्यन्वयनको वास्तविक स्थान स्थानीय तह भएकाले समन्वय गर्दा थप प्रभावकारी हुने धारण उनको थियो।

उनले सङ्घ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह भएकोले स्थानीय सरकारलाई जिम्मेवार र सक्षम बनाउन आवश्यक रहेको मुख्यमन्त्री कडेलले भनाइ थियो ।मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैकलाई स्थानीय तहले अनुसरण गर्नु पर्ने उल्लेख गरे । विगतको अनुभवबाट सिक्दै, विगतको तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै जाने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले भने “हामीसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नु पर्छ ।” कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले केवल समस्या देखाउने मात्र होइन, समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेमा जोड दिए। “समस्या देखाउन सजिलो हुन्छ, तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ।” उनले भने, विधि, थिति र कानुनको पालना गर्न सबैलाई कर्तव्य हो त्यसकारण विभेद नगरि काम गर्न आग्रह गरे। सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *