कर्मचारीको अवकाश उमेर ऐन लागु भएको वर्ष ५८ नै कायम । निजामती विधेयक प्रतिवेदनको मस्यौदा (पूर्णपाठ सहित)


काठमाडौं । निजामती विधेयक अन्तर्गत कर्मचारीहरूको अवकाश उमेर ऐन लागु भएको बर्ष ५८ नै कायम रहने भएको छ । लामो समयदेखि राष्ट्रिय सभा भित्र छलफलमा रहेको उमेरहदको बिषय पहिलो बर्ष ५८ नै रहनेगरि टुंगिएको छ।

यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा पटक पटक बहस चलिरहे पनि मंगलबारको छलफलले ऐन लागू भएको वर्ष ५८ लागु गर्ने व्यवस्था सहित तिन चरणमा उमेरहद कायम हुने निर्णय गरेको हो।

निर्णय अनुसार ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्ने कर्मचारीले ५८ वर्षमै अवकाश लिनुपर्ने छ भने दोस्रो आर्थिक वर्षमा ५९ वर्ष र तेस्रो बर्ष देखि ६० वर्षको अवकाश उमेर लागू हुने व्यवस्था गरिएको छ ।

यसरी तीन चरणको उमेरहदको विवाद अन्त्यसँगै लामो समयदेखि राष्ट्रिय सभामा अल्झिएको निजामती बिधेयक अब भने अगाडि बढ्ने सुनश्चित भएको छ। यस्तो छ

  • निजामती विधेयक प्रतिवेदनको मस्यौदा तयार (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *