सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू


जिल्ला प्रशासन कार्यालयले सिंहदरबार र राष्ट्रपति निवास आसपास पनि कर्फ्यू आदेश जारी गरेको छ।

जेन-जी पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालयले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय,सिंहदरबार क्षेत्र र नारायणहिटी दरबार संग्रहालय आसपासमा कर्फ्यू लगाएको हो।

कार्यालयका अनुसार सोमबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यू राति १० बजेसम्म जारी रहनेछ।

यसअघि कार्यालयले नयाँ बानेश्वर आसपासका क्षेत्रमा पनि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *