कांग्रेस-एमाले असफल भन्दै रास्वपाले माग्यो मध्यावधि निर्वाचन


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मध्यावधि निर्वाचनको माग गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकी वैधता गुमाएको भन्दै रास्वपाले ताजा जनादेशमा जान माग गरेको हो।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले जेन-जी पुस्ताको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै भर्त्सना गरेको छ।

‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा जनताले अब सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’ महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *