२४ घण्टामै सत्ता ढालेको जेन-जी (युवा पुस्ता) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
डिजिटल माध्यमबाट निरन्तर छलफलमा रहेका उनीहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीको नाममा बहस गरिरहेका छन्।
उनीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका छन्। जेन-जीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको प्रक्रिया रोकिएको छ।
छलफलका क्रममा उनीहरुले आफूहरूसँग न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाबारे अनुभव नभएको भन्दै वार्ताका लागि परिपक्व प्रतिनिधि चाहिने र त्यसका लागि सुशीला कार्कीलाई अघि सार्ने बताएका छन्।
उनीहरुले सुशीला कार्कीको प्रतिक्रिया कुरेका छन्।
