निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण।


सुर्खेत – आगामी फागुन २१ गते हुन गएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूका लागि सुर्खेतमा कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा सोमवार ‘निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता पालनासम्बन्धी’ १ दिने अभिमुखीकरण कार्यक्रम गरीएको हो।

कार्यक्रमको उदघाट्न सत्रलाई सम्वोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दिल बहादुर कार्किले यसपटक अघिल्ला चुनावमा भन्दा भद्र र अनुशासित ढंगले सबै दलहरूले आफुलाई प्रस्तुत गर्दा निर्वाचन आचरसंहिता उलंघन नहुने कुरामा ढुक्क रहेको बताएका छन ।
उनले सब़ैभन्दा बढि भ्रामक कुराहरू चुनावको समयमा सम्प्रेषण हुने कुरालमा ध्यान पुर्याउदै जिल्ला प्रहरी कार्यालयमा भ्रामक कुराहरूको अनुगमन /अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको जानकारी दिए

सोहि कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासंघमा आउने गरेको बताउदै चुनावको बेलामा पत्रकार थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन ।

आचार्यले आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकोले जिम्मेवार र मर्यादित ढंगले रिपोर्टिङ गर्न निर्देशन समेत दिए।

त्यस्तै महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्दै डिजिटल प्लेटफर्मको विस्तारसँगै सत्य र विश्वसनीय सूचना जनतासमक्ष पुर्‍याउन चुनौती बढिरहेको जनाएका छन।

कर्णाली प्रदेशका दशै जिल्लाका अध्यक्ष सहित २ दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका चुनौतीबारे छलफल गरिएको थियो । प्रदेशको आतिथ्यतामा सम्पन्न गोष्ठिको सहजीकरण प्रदेश महासचिव खगेन्द्रे भट्टराईले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *