सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङबाट ऐन महर निर्वाचित।


फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन। महरको जीतसँगै एमालेले सुदूरपश्चिम प्रदेशमा खाता खोलेको छ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहनुभएका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही ले १६ हजार ३०४ मत प्राप्त गरेका छन ।

महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन। यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो र रास्वपा चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *