रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बढाइरहेका छन। उहाँले निकटतम प्रतिस्पर्धी प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई ३ हजार ७ सय २६ मतले पछि पछि पारेका हुन । उनले १२ हजार ९ सय ८६ मत प्राप्त गरेका छन भने उहाँका निकटतम प्रतिस्पर्धी जनार्दन शर्माले ९९ हजार २ सय ६० मत प्राप्त गरेका हुन ।

आठबिसकोट नगरपालिकामा जनार्दन शर्माले झिनो मतान्तर कायम गरेका थिए । तर बाँफिकोट गाउँपालिका र चौरजहारी नगरपालिकामा गोपाल शर्माले उक्त मतान्तरलाई उल्टाउँदै मतान्तर बढाएका हुन ।सानीभेरी गाउँपालिकामा हालसम्म गणना गरिएको मतमा पनि शर्माले नै मतान्तर बढाएका छन।
सानीभेरी गाउँपालिकाको बाँकी मत गणना भइरहेको छ । अब यसपछि जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको मत गणना गर्न बाँकी रहेको छ । नेपाली काँग्रेसका राजु केसीले ८ हजार ६ सय ६९ मत पाएका छन। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मानबहादुर शाहीले २ हजार ८० मत प्राप्त गरेका छन ।
आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै जनार्दन शर्मालाई समर्थन गरेका नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १ हजार १ सय ६३ मत ल्याएका छन । अहिलेसम्म ३६ हजार ५ सय १३ मत गणना भएको छ । जिल्लामा ६२ हजार ९ सय ६८ मत खसेको थियो । अब २६ हजार ४ सय ५५ मत गणना गर्न बाँकी रहेको छ ।
