लकडाउन कडा पार्दै वडा प्रहरी नेपालगन्ज


नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर खेपी रहेको बाँकेमा लकडाउनलाई कडा पार्न वडा प्रहरी कार्यालय नेपालगन्जले सकृयता देखाएको छ ।

बाके जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमितको रहेको नेपालगन्जमा लकडाउन गर्दा समेत संक्रमितको संख्यामा कमि आएको छैन भने लकडाउनको समेत पुर्ण पालना नगरेको अवस्थामा वडा प्रहरीले सकृयता देखाएको हो ।

नेपालगन्जमा लकडाउनलाई कडाई गर्न वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख  प्रहरी निरीक्षक डिल्ली खड्का आफै नेपालगन्जका चोकचोकमा लकडाउनलाई कडा पार्न खटिने गरेका छन् भने उनको मोबाईल भ्यान र टोलिले लकडाउन उलंघन गर्नेलाई सम्झाउने तथा केही बेर उभ्याएर छोड्ने गरेका छन्  ।

वडा प्रहरी कार्यालयबाट खटिएका टोलिले लकडाउन उलंघन गर्नेलाई कतिपय अवस्थामा भने सवारीसाधनको हावाननिकाली दिने र दोस्रो पटक नहिड्न चेतावनीसमेत दिने गरेका छन् ।

शुक्रवार नेपालगन्जको त्रिभुवन चोक, न्युरोड , बागेश्वरी सिनेमाहल रोड, धम्बोझी चोक लगायतका लकडाउन उलंघन गरिएका स्थानमा पुगेर वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले लकडाउनलाई कडाई गरेको थियो ।

वडा प्रहरी कार्यालय नेपालगन्जको टोलिले खुलेका पसल बन्द गराउने, अनावश्यक सडकमा हिड्नमा कडाई समेत गरेको थियो ।

बाँकेमा लकडाउन गरे पनि कोरोना संक्रमणको ग्राफ उकालो लागि रहदा लकडाउन फितलो भयो भन्दै स्थानियले चर्को आलोचना गर्दै आएका छन् ।

बाँकेमा कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको ग्राफ र मृत्यु को सिलसिला अझै उकालो लागिरहेको छ भने हालका दिनमा कोरोना संक्रमण निको हुनेको संख्यामा समेत वृद्धि भएको छ ।

जिल्लाको अवस्था कोरोना संक्रमणबाट भयावह भएको अवस्थामा पनि लकडाउनको पुर्ण पालना नगरिदिदा संक्रमण अझै फैलनसक्ने हुँदा हामिले कडाइ गरेको बताउछन् , वडा प्रहरी प्रमुख डिल्ली खड्का ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *