भेरी अस्पतालमा लिक्विड अक्सिजन जडान पाँच दिन भित्र विरामीको हरेक वेडमा अक्सिजन पुग्ने ।


नेपालगन्जको भेरी अस्पतालमा लिक्विड अक्सिजन जडान भइसकेको छ । करिब पाँच दिन भित्र पाईप लाई विछ्यर कोरोना संक्रमित विरामीहरुको वेड सम्म पुग्ने भएको छ । अक्सिजनको कमिले बिरामीको मृत्यु नहुने विश्वास रहेको देखिन्छ ।
भेरी अस्पताल नेपालगन्जमा ४ दिनको यात्रा पछि भारतबाट लिक्विड अक्सिजनआइपुगेको छ । भेरीमो जडान गरिएको अक्सिजन ट्यांकमामंगलवार लिक्विड अक्सिजन भरी सकेको छ । अब यो लिक्विडलाई ग्यास बनाए सेन्ट्रल पाइप लाइनबाट बिरामीहरुको बेड सम्मापुर्याइन्छ । अक्सिजन जडान तथा पाइपलाई बिछ्यान करिब पाँच दिन पछि काम सकाएर बिरामीको वेड सम्मा पुर्यायने भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रकाश थापाले बताउनु भयो । लिक्विड अक्सिजनआइसकेको छ आशा छ अक्सिजनको कारणले कोही बिरामीको अकालमा मृत्यु नहुने विश्वा गरेको डा. थापाले बताउनु भयो ।

भेरी अस्पतालमा दैनिक ४ सय सिलिन्डर अवश्यक पर्ने गरेको छ । बिरामीको अक्सिजन पुरा गर्नका लागि भेरी अस्पतालले नेपालगन्जमै रहेको एच.ओ. अक्सिजन कम्पनिबाट सिलिन्डर रिफिल गरेर प्रयोग गरिरहेको थियो । जडान भएको अक्सिजन ट्यांक दैनिक २ हजार लिटरलिक्विड अक्सिजनरहेको डा. थापाले बताउनु भयो ।

सरकारले अक्सिजन ट्यांक प्लान्ट र पाइप लाइन विस्तारका लागि १५ करोड रुपैँया विनियोजन गरिदिएपछि भेरी अस्पतालमा सदाका लागि अक्सिजनको समस्या समाधान भएको छ । तर त्यसका लागि भारत अक्सिजन भने आपूर्ति भइराख्नु पर्ने छ । त्यस्तै सोही बराबरका लिक्विड अक्सिजन मेडिकल कलेज कोहलपुरमा पनि जडान भएको छ । सरदर हर्ने हो भने अहिलको लागि बाँकेमा अक्सिजनका लागि बिरामी भौतरि रहनु पर्ने समस्याको समाधान भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *