सुर्खेतमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। 


सुर्खेतको भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

 बुधबार राति करिब ८ बजेको समयमा कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री भेरीगंगा नगरपालिका–२ कालपानी बस्ने २३ वर्षीय कमल वलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार टिप्परको ठक्करबाट गम्भीर घाइते भएका वलीलाई उनका बुवा दल बहादुर वलीले उपचारका लागि राति ९ः३० बजे प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिए।

उनका अनुसार प्रहरीले चालक वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय मान बहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ। मृतकको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *