तलब वृद्धि २१ प्रतिशत नै हो : अर्थमन्त्री वाग्ले


काठमाडौँ, जेठ १७ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै भएको दाबी गरेका छन्। बजेट भाषणपछि कर्मचारी वृत्तमा सरकारले झुक्याएको र वास्तविक वृद्धि निकै कम भएको भन्दै व्यापक असन्तुष्टि बढेपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले यस्तो स्पष्टीकरण दिएका हुन्। 

अर्थमन्त्री वाग्लेले पत्रकार सम्मेलन बजेटको भोलिपल्ट हुने प्रचलन रहेपनी बजेट बारे आउने जनगुनासो र टिकाटिप्पणिलाइ हेरेर त्यस्का आधरमा सम्मेलन गर्ने उदेश्यले १ दिन ग्याप गरि पत्रकार सम्मेलन गर्दा सबै भन्दा बढि कर्मचारी तलव बृद्वि भ्रम हो भन्ने कुरा आएको कुरा जानकारी दिदै उनले बजारमा सरकारले कर्मचारीलाई ढाँट्यो वा भ्रम फैलायो भन्ने हल्ला चलाइएको छ, तर तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा कोही पनि भ्रममा पर्नु पर्दैन।” उनले दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र कर्मचारीको मनोबल बढाउन यो व्यवस्था ‘मिसन मोड’ मा ल्याइएको प्रस्ट पारे।

सुरु तलब स्केल मा १० प्रतिशत वृद्धि गरिएको छ। कार्यसम्पादन चुस्त बनाउन नयाँ तलबको अतिरिक्त १० प्रतिशत मासिक प्रोत्साहन भत्ता थपिएको बताएका छन । आधार वृद्धि, कार्यसम्पादन भत्ता र ग्रेड समायोजनको संयुक्त प्रभावले गर्दा बैंक खातामा आउने खुद रकममा करिब २१ प्रतिशतको कुल वृद्धि हुने अर्थमन्त्रीको भनाइ छ।

चार वर्षदेखि तलब वृद्धि नभएको र सो अवधिमा महँगी १७.३ प्रतिशतले बढेकाले कर्मचारीको सम्मानजनक जीवनयापनका लागि यो वैज्ञानिक वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यो नयाँ व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *