नेपालगन्ज : कोरोना संक्रमण दैनिक रुपमा अनपेक्षित रुपले उकालो लागे संगै नेपालगन्ज सिमानाकालाई कडा पारिने भएको छ ।
बाँकेमा पछिल्लो हप्ता देखी अस्वभाविक रुपमा कोरोना संक्रमण ह्वात्तै बढे पछि भारतबाट नेपाल आउनेमा कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सिमानाकालाई कडा पारिएको हो ।
त्यस्तै आजै बसेको डिसिसिएमसी बाकेको बैठकले जमुनाह नाका हुँदै नेपाल भित्रने यात्रुहरुको आवतजावत लाई ब्यवस्थित गर्दै सबैको अभिलेख राख्ने र नाकामा भएको स्वास्थ्य डेक्स मार्फत स्वास्थ्य परिक्षण गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै नाकामा रहेको स्थास्थ्य डेक्सलाई अझै ब्यवस्थापन गर्नको लागि नेपालगन्ज उपमहानगरपालिकालाई जिम्मा समेत दिएको छ ।
