काठमाडौ । अहिले महामारीका रुपमा फैलिएको सं क्रमण चार हप्ता पछि घट्द्र जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्।
महामारीको अवस्था र सरकारले गरेका कामका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जना नयाँ संक्रमित थपिएको जानकारी दिँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन्।
निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए। मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन् । मन्त्री त्रिपाठीका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ
पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ४२५ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ४२५ जनामा पुष्टि गरेको हो। जम्मा २० हजार ४५३ नमूना परीक्षण गराउँदा ७ हजार ४२५ जनामा रोग देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार १३५ जना रोगमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा थप १८५ जनाले ज्यान गुमाएका छन्। हाल १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित छन्। क्वारेन्टाइनमा ९२४ जना रहेका छन्।

