
बर्दिया । बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुलाई मातृ शोक परेको छ । ७२ वर्षीया आमा पोटनी थारुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एक साताअघि उनलाई संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । भर्ना गरेको ७ दिन पछि भेरी अस्पपताल नेपालगन्जमा बुधवार १२ गते साँझा ५ बजेको समयमा चिकित्सकले मृतत्यु भउको घोषणा गरेको हो । विहिवार विहना १० बजे नेपाली सेनाले अस्पतालबाट शव ल्याउन सहयोग गरेको थियो । मृतकको मानखोलामा अन्तिम संस्कार गरिएको छ ।
