भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता


भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गर्ने तीनजना विरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ बर्षीय मृतक डिल्ली राज रावतका भाइ मानबहादुर राउट र छोरा भरत राउट, लोकराज राउट विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको बाँकेका प्रहरी उपरीक्षक ओम राणाले जानकारी दिनु भयो ।

No photo description available.

उनिहरुले बिहिवार राती भेरी अस्पतालका चिकित्सक र नर्समाथी आक्रमण गरेका थिए । कोभिड आइसीयुमा प्रवेश गरि उनिहरुले चिकित्सक र नर्सलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्सले एकतला माथिबाट हाम्फालेर ज्यान जोगाएका थिए । घट्नाको क्रमलाई लिएर स्वास्थ्य कर्मीहरुले अन्दोलन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *