नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरे


काठमाडौंः   हाँस्य ब्यंग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ लोकप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गरेको छ l स्ट्याण्ड–अप कमेडी प्रस्तुती दिएर दुई जना नेपाली कलाकारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेख्न सफल पनि भएका छन l गत वैशाख २० गते स्ट्याण्ड–अप कमेडी प्रस्तुती देखाएका उमेरकुमार  गौतम (युकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले कालापत्थरको ५ हजार ३०२ मिटर उचाईंमा स्ट्याण्ड–अप कमेडी गरेर विश्व किर्तिमान कायम गरेका हुन् । ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भने नारा रहेको कमेडीले इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले कायम गरेको रेकर्ड समेत तोडेका हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *