राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको अवसरमा चार सय ३० को कैद मिनाहा


विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदी बाँकी सजाय कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रि परिषद्ले ४ सय ३० जना कैदीलाई बाँकी सजाय छुट गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्विकृत गर्नुभएको हो ।

गणतन्त्र दिवसलगायतका अवसरमा राष्ट्रपतिले ५० प्रतिशत कैद सजाय भुक्ता भएका कैदीलाई बाँकी सजाय छुट दिने कानुनी व्यवस्था छ। तर यो सबै प्रकारका कसुरमा भने लागु हुँदैन । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार कैदमिनाहा जेठ १४ बाट लागु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *