बिरेनुनकाे यति धेरै फाईदाहरू


ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन, बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ।आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ ।

सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।  बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ ।

यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ । बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ ।खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *