
काठमाडौंः जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएकोछ । घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उहाँले बताउनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गर्नुभ
