नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षले नेतृत्वका लागि उम्मेदवारको नाम फाईनल गरेको छ।
अध्यक्ष ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ भने त्यस्तै, ओली पक्षले महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने भएको छ ।
त्यस्तै उपमहासचिव– रघुवीर महासेठ, भानुभक्त ढकाल, विष्णु रिमाल र सचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत, राजन भट्टराई नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नँया नेतृत्व चयनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको र भोलि मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ।


