
काठमाडौंः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ति कार्यान्वयन हुन नसकेका कामहरुलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफुले जोड दिने बताउनुभयो । उहाँले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानिय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरु भएको भन्दै आफ्नो सेवा प्रवाहलाई दुस्तदुरुस्त राख्न आग्रह पनि गर्नुभयो ।
