
पृथक्ताबादी सिद्धांत बोकेर आन्दोलन गरीरहेका सिके राउतलाई राज्यको मुलधारमा ल्याउनु, हतियार युद्ध गरिरहेका बिप्लबहरुलाई शान्तिपुर्ण बाटोमा ल्याउनु, थरुहट समुदायहरुलाई राज्यको मुलधारमा ल्याउनु, अहिले जसपा राजेन्द्र महतोहरुलाई सरकारमा ल्याउनु सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ण सफलता हो। हिजो संविधान मान्दैनौ भन्ने र उक्त संविधान जलाउने मात्र हैन केपी ओली नै हाम्रो सबैभन्दा ठूलो सत्रु हो भन्नेहरू नै आज आफैद्वारा जलाइएको संविधान अन्तरगत केपीकै नेतृत्वमा सरकारमा सामेल हुनुभनेको संविधानको पुर्ण कार्यन्यन हुनु हो । हिजोका दिनमा केपी ओली हैन हामी नै गलत रहेछौ भनेर साबित गर्नु हो। जे होस ढिलै भएपनी सहि कुरो बुझेर संविधानलाई आत्मसात गर्दै सरकारमा सामेल हुनुभएको छ। म यश घडीमा नबनियुक्त सबै उपप्रधानमन्त्री र मन्त्रीहरुलाइ हार्दिक बधाई भन्न चाहान्छु। मैले बधाई दिइरहदा रास्ट्रीयताको सवालमा कहिकतै उहाँहरुको भिन्न मत रहेछ भने हामी त्यस्लाइ भने कदापि स्वुकार्ने छैनौं । राजेन्द्र महतोले भन्नखोजेको कुरो यदि नेपालको बिबिधतायुक्त समाजको बिषयमा उल्लेख गर्न खोजेको हो भने यो संविधान बमोजिम नै हुनेछ यसमा कुनै प्रश्न उठाउनुपरेन हैन यसमा उहाँले बहुराज्यको कुरा उठाउनु भएको हो भने यो भर्सनायोग्य छ र उहाँको यो उद्देश्य कहिलेपनि पूरा हुनेवाला छैन। यसमा कोहि आत्तिनुपर्ने जरुरी छैन।
मन्त्रीमन्डल फेरबदल हुँदा यस्तो सङ्गिन घडीमा देश र जनताको पक्षमा असाध्यै राम्रो काम गर्ने केही मन्त्रीहरुपनी बिदाइ हुनुभएको छ। यी मध्य सबैभन्दा सफल र जनताले रुचाएका मन्त्री प्रदीप ज्ञवाली जसले यस्तो विषम प्रस्थितीमा सबै छिमेकी देशहरूसङ्ग समान कुटनैतिक सम्बन्ध कायम गर्दै कोभिडबाट जनता बचाउन उपचार सम्बन्धिका सबै सामाग्रीहरु आयात गर्नमा पहल गर्नुभयो र हिजो सिमा सम्बन्धिका समस्याहरुमा पनि त्यस्तै सफल भुमिका खेल्नुभयो । त्यस्ता जनताका प्यारा सफल मन्त्रीको बिदाइमा मलाई निकै दुख लागेको छ। उहाँको सबै सफल कार्यका लागि हार्दिक आभार व्यक्त गर्दछु। साथै कामना छ कि आज उक्त स्थानमा नियुक्ति लिन सफल हुनुभएका मन्त्रीले त्यो भन्दा बढी सफलता लिन सफल हुनुहेछ । अरु सफल मन्त्रीहरुको सुचिमा कृषि मन्त्री पद्मा अर्याल पनि हुनुहुन्छ । उहाँले चाहे हिजो भुमि मन्त्री हुँदा होस चाहे आज कृषि मन्त्री हुँदा होस केही जनताका मन छुने कामहरु गर्नुभएको छ।चुच्चे नक्सा उहाँकै पालामा प्रकाश भयो। सयौं बिगाहा हडपिएका सरकारी जमिन उहाँकै पालामा फिर्ता भए।आफ्नै बलबुतामा सगरमाथाको उचाइ नाप्ने काम उहाँकै पालामा भयो। अहिले पनि स्वदेशमै रसायनिक मल उत्पादन गर्ने लगायतका थुप्रै कृषि क्षेत्रका महत्त्वपूर्ण कार्यक्रमहरु आएका छन् । यी थुप्रै जनपक्षीय कामका लागी उहाँलाई पनि हार्दिक आभार छ। पछिल्लो समय कोभिड नियन्त्रण सम्बन्धमा स्वास्थ मन्त्रीले पनि आफ्नो त्रियाकलापलाई बढाउनु नै भएको थियो। पार्टी महासचिव इस्वर कमरेडपनि आफ्नो दाइत्वपती चिन्तित भएर लागि नै रहनु भएको थियो। उहाँ लगायत बिदाइमा पर्नुहुने सबै मन्त्रीहरुलाई धन्यवाद । पछिल्लो पटक नियुक्तिमा पर्नुभएका मन्त्रीहरु प्रेम आले र गणेश ठगुन्नालाई एकदम छोटो समयमा बिदाइ हुनुपरेकोमा दुख लागेको छ । जेहोस छोटै समयमा पनि जनता प्रति जति काम गर्नुभयो त्यस्का लागी उहाँहरुलाइ पनि धन्यवाद ।
यो देश निर्माणमा नौ महिने सासनकाल देखि हालसम्म एमाले पार्टीको निकै ठूलो भुमिका छ । जनताले आसभरोसा गरेको पार्टी पनि यहि नै हो। आज पनिदेशमा एमालेकै सरकार छ। अजैभन्नुपर्दा समृद्ध नेपाल र सुखी नेपालीको सपना देख्ने केपी ओलीकै नेतृत्वतब छ। हाल सम्मका कुनै पनि सरकारले सोच्न पनि नसकेका ऐतिहासिक कामहरु यो सरकारले गरेको छ। नयाँ नेपाल निर्माणको सुनौलो रेखा कोर्ने यस्तो लोकप्रिय सरकारलाई बाहिरबाट हैन आज आफ्नै भित्रबाट घेराबन्दी गर्ने र असफल बनाउने प्रयास गरिदैछ। यसरी बिरोधमा उत्रनुभएका कमरेडहरु आज बाटो बिराइरहनु भएको छ। जनताले आफुलाइ दिएको जिम्मेवारी भुल्दै हुनु हुन्छ। पदलोलुपतामा निम्तिएको विवाद आज इगोमा पतिणत भएको छ। उक्त इगोले आज उहाँहरुलाइ सत्यलाई सत्य भन्नपनी दिइरहेको छैन। बरु आकाश खसोस पृथ्वी भास्योस तर केपी ओलीलाइ हटाएर नै छाड्छौ भन्ने अठोटमा उहाँहरु लागिरहनुभएको छ। सोही इगोका कारण आफ्मो सरकार र आफ्नै नेतृत्व विरुद्ध श्रृङ्खलाबद्ध अपराधहरु गरिरहनुभएको छ। इतिहास बुझ्दा, बिश्व नियाल्दा, बिधि बिधान पढ्दा उहाँहरुले गरेका ती अपराधहरु अक्षेम्मे छन । त्यो तहसम्म पुगेका गतिविधि लाई कुनैपनी देशको कुनैपनी पार्टीको बिधानले माफ गर्न सक्दैन। त्यस्मापनी कम्युनिस्ट पार्टीमा त झन कार्बाहिको कुनै गुन्जायस नै हुदैन । त्यसैले उहाँहरुलाइ पार्टीको साधारण सदस्यबाट निस्कासन गर्नुमात्र एउटा विकल्प हुन्थ्यो तर एमाले पार्टी प्रति आसा र भरोसा गरेर बसेका लाखौं लाख जनताहरुको लागि पार्टी बलियो बनाउनुपर्ने छ। त्यसैले आज उहाँहरु प्रतिको कार्बाहिको दायरालाई केही लचिलो बनाउनुपर्ने बाध्यता छ। सामाजिक आर्थिक समृद्धि गर्दै, देशको अर्थतन्त्रलाई मजबुत पार्दै समाजबाटमा पुगग्ने हाम्रो लक्ष हो। उक्त लक्ष हासिल गर्न आज सग्लो र मजबुत एमाले पार्टीको आबस्यकता छ। त्यस्का लागि अहिले सृजित सम्पूर्ण बिबादको अन्त गर्दै एकता बद्ध स्वस्थ एमाले बनाउनुपर्नेछ। त्यसकारण माधब कमरेड यी माथी उल्लेखित सबै कामहरू गर्न र जनताको बिस्वासलाई कायम राख्न फर्कनुस तपाईंले निर्माण गरेको त्यो आफ्नै पार्टीमा।आफैले निर्माण गरेको आफ्नो घर आफैले ढलाउदा तपाईंलाई त्यो घरको अलिकतिपनि माया लाग्दैनरु माया गर्नुस कमरेड आफ्नो घरको अनि यो घरको ओतमा बिश्वास राखेका ती छोराछोरी रुपी जनताको । आफै आफै लड्दा भाइफुट गवार लुट नहोस। इगोलाइ त्याग्नुस, बिगत भुल्नुस, बर्मानमा फर्कनुस र नियाल्नुस के आज तपाईं हिडीरहेको बाटो ठिक छरु साच्चै त्यही बाटोमा हिड्दा तपाईं लगाय तपाईंले सिङ्गो जीवन बिताएको पार्टी , तपाईं प्रती भरोसा गरेका लाखौं लाख जनता र हजारौं कार्यकर्ताको भलाइ हुन्छ त रु अह हुदैन त्यसकारण, नियाल्नुस सहि बाटो र फर्कनुस आफ्नै घर ।
तपाईंले गरेका पार्टी र सरकार विरुद्धका दर्जनौं अपराधहरु हुँदा हुदैपनी देश र जनताको नाममा ती तपाईंका अपराधहरुलाइ केपी कमरेडले एक कदम पछाडी हटेर माफी दिनुहुनेछ। विधि पद्धतिको माला जपेर बाहिर निस्केको मान्छे तपाईं के त्यो विधि पद्धति तपाईं र तपाईंका पछि लाग्नेहरुको लागि लागू हुदैन रु के यो बिधी पद्धति ले बाध्न खोजेको केपी कमरेडलाई मात्र हो त्यस्तो त पक्कै हैनहोला । मैले बुझेको तपाईंले बसाल्न खोजेको विधि पद्धति सबैका लागि हो। त्यसोहुदा खेरी विधि सबैभन्दा पहिला आफुबाट सुरु गर्नुस। र भन्नुस केही कमजोरी केपीका पनि होलान तर मैले आबेगमा आएर सरकार र आफ्नै नेतृत्व प्रती जुन घात गरे त्यस्को बिरुद्ध मलाई पनि कार्बाही होस भनेर। तर मेरो गोरुको बाह्रै टक्का भने झैँ आफ्ना सबै गल्तिहरुलाइ हत्केलाले छोपेर अरुको अनुहारमा मात्र हिलो छ्याप्न खोज्ने प्रवृत्ति त्याग्नुस। फेरी तपाईंहरु त प्रतिगमनका विरुद्ध उत्रिएका मान्छे आज २०७८ जेठ २३ मा पुगेका हामिहरु २०७५ जेठ २ मा कसरी फर्कौला र कमरेड त्योत ठाडै प्रतिगमकारी भएन र त्यसैले जेठ २मा फर्कने प्रतिगामी माग त्याग्नुस। यत्रो बिस्वले चिनेको एउटा नेताले यस्तो बालहट गरेको सुहाउँदैन यसलाई मनैदेखी त्याग्नुस । बिगत भुल्नुस बर्त्मानमा फर्कनुस। एक कदम केपी कमरेड पछि हट्नुस, एक कदम तपाईं हट्नुस र गिभ एन्ड टेकको सिद्धान्त अपनाएर सहमति गर्नुस त्यसैमा देश र जनताको जित र तपाईंहरुको हित हुनेछ।
