घरेलु तथा साना उद्योग महासघं बाँकेले ७ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गर्दै


अम्बिकेश्वरी संवाददाता ः घरेलु तथा महासघं बाँके शाखाले बाँकेका ७ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गर्न शुरु गरेको छ । किसानहरुको हित र कोभिडबाट संरक्षण गर्नका लागि स्वास्थ्य समाग्री वितरण गर्न लागेको हो । गत बर्षको लकडाउनमा पानी र खाजा गरी ३ लाख ८० हजारको सहयोगरेको र यो बर्ष ५ लाखको स्वास्थ्य समाग्री वितरण गर्न लागेको घरेलु तथा साना उद्योग महासघं बाँके शाखाकी अध्यक्ष मधु कमारी खड्काले बताउनु भयो । पिपिई २५ थान, प्लस अक्सेमिटर १८ थान, डिजिटल थर्मोमिटर १५ थान, सर्जिकल मस्क १० हजार थान, सेनिटाइजर ३० लिटर र डिस्पोजेवल ग्लोव्स ६ सय पिस सहयो गरेको अध्यक्ष खड्काले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is sss-1.jpg

आज नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई वितरण गरिएको छ । भने बैजानाथ गाँउपालिले स्वास्थ्य समाग्रीको खाँचो नरहेको जानकारी गराएका छन् । घरेलु तथा साना उद्योग महासघं बाँके, केयर नेपाल, बि ग्रुप सहयोगमा स्वास्थ्य समाग्री वितरण गरिएको हो । भोलि खजुरा गाउँपालिकामा बितरन गरिने संस्थाका महासचिव जि आर भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *