
काठमाडौं: नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने बताएपछि अस्पतालहरुले बालबालिकाको लागि बेड छुट्याउनुका साथै आवश्यक स्वास्थ्य सामाग्रीको तयारीमा जुटेका छन् ।सरकारले विशेष प्राथमिकतामा राखेर बालबालिकाका लागि आवास्यक स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको छ । नेपालमा केही महिना पछि सुरु हुने कोभिड १९ को तेस्रो लहरले बालबालिकालाइ असर गर्ने विज्ञहरुको अनुमानपछि सरकारले पूर्व सावधानी अपनाउँदै बालबालिकाको लागि स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको हो । त्यस्तै विशेषज्ञ सेवा उपलब्ध हुन नसक्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत अभिमुखीकरण गर्ने काम सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
