प्रधानमन्त्रीलाई मार्ने धम्की प्रति नेकपा एमालेको भयो ध्यानाकर्षण


नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

१९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए ।

यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने दिएको धम्की माथि नेकपा एमाले को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अभिव्यक्ति फौजदारी कानून बमोजिम रहेकोले कार्वाहीको माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *