दुग्ध विकास बोर्ड द्वारा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान


फाइल फोटा

काठमाडौंः राष्ट्रिय दुग्ध विकास बोर्डले दुध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगो मार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा नीजि सवारी साधनलाई लोगो प्रदान गर्न शुरु गरेको हो । बुधबार दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय लैनचौरमा एक कार्यक्रम आयोजना गरी दुग्ध विकास संस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराएको हो । अब सो लोगोका आधारमा दुग्धजन्य पदार्थ ढुवानीका साधनहरु निर्वाध रुपमा चल्ने राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख डा. राजेन्द्र यादवले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *