विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्छ : अध्यक्ष हुमागाई


अध्यक्ष हुँमागाईले विज्ञापन बोर्डले विज्ञापनको समानुपातिक वितरणमा नै विश्वास गर्ने बताउनुभयो । विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्न पुग्नुभएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालसँग कुराकानी गर्दे उहाँले सो कुरा बताउनुभएको हो ।  सञ्चारमाध्यमहरुको विज्ञापनमा आफ्नो पहुँच भएन भन्ने गुनासोको सम्बोधन गर्न ऐनमा व्यवस्था गरीएको उहाँले उल्लेख गर्नुभयो । विज्ञापन एजेन्सीहरुले आफ्नो पहुँच घट्ने हो कि भन्ने आशंकाका कारण ऐनको विरोध गरेको भन्दै उहाँले पहिले बोर्डले कार्य प्रारम्भ गरिसकेपछि प्रतिक्रिया जनाउन पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो बोर्डले समानुपातिक वितरणमै विश्वास गर्छ । सञ्चार माध्यममहरुको खासगरीकन यो विज्ञापन एजेन्सीको विषय भन्दापनि सञ्चार माध्यमहरुको सरकारी विज्ञापनमा हाम्रो पहुँच भएन भन्ने जुन आवाज उठाए, त्यसलाई सम्बोधन गर्नका लागि यो ऐनमा व्यवस्था गरिएको हो । सञ्चार माध्यमहरुले उठाएको उहाँहरुको पहुँचको विषयचाही सम्बोधन भयो तर शंका कहाँ उत्पन्न भयो भन्दा विज्ञापन एजेन्सीहरुले हाम्रो पहुँच घट्छ कि भन्ने आशंका व्यक्त गर्नुभाछ त्यसलाई चाहीँ बोर्डले आफ्नो काम गरिसकेपछि प्रतिक्रिया जनाउँदा उचित होला । पहिला काम गर्न दिऊँ , हेरौँ । अनि प्रतिक्रिया व्यक्त गरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *